गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित


१२ असार २०७९, आइतबार


काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकमा गणपूरक संख्या नपुगेपछि आधा घण्टाका लागि स्थगित गरिएको छ ।

प्रतिनिधिसभामा आइतबार सभामुख अग्निप्रसाद सापकोटाले नीति अध्ययन प्रतिष्ठान विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लाग्दा नेकपा एमालेका सांसद झपट रावलले गणपूरक संख्या नपुगेको भनी प्रश्न उठाएका थिए ।

संसदमा कुनै प्रस्ताव निर्णयार्थ पेश गर्दा कुल सदस्य संख्याको एक चौथाइ सदस्य अर्थात ६९ जना उपस्थित हुनुपर्ने संसद नियमावलीको व्यवस्था छ ।

३ मिनेट समय दिएर सांसदको संख्या गणना गर्दा ६३ जनामात्र उपस्थित भएको पाइएको थियो । त्यसपछि सभामुख सापकोटाले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस