नेप्सेमा ९४ अङ्कको वृद्धि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेप्सेमा ९४ अङ्कको वृद्धि


१२ असार २०७९, आइतबार


शेयर बजार

काठमाडौँ । आइतबार सेयर बजारमा नाटकीय बढोत्तरी देखिएको छ । समग्रमा ५.१० प्रतिशतले बढेको बजारमा नेप्से परिसूचक ९४.९२ अङ्कले बढेर १९५६.९८ को बिन्दुमा पुगेको छ ।

कुल २३० कम्पनीको सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा आइतबार २१ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबारमा आएका सबै कम्पनीको सेयर मूल्य बढ्दा कुल कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ । आइतबार २ अर्ब १९ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भयो ।

विकास बैङ्क उपसमूह सबै भन्दा धेरै ८.३० प्रतिशतले बढ्यो भने फाइनान्स, हाइड्रोपावर र व्यापार उपसमूहमा पनि ७ प्रतिशतमाथिको वृद्धि देखिएको छ ।

आज कुमारी बैङ्क सबै भन्दा धेरै कारोबार हुने कम्पनी बन्यो । उक्त कम्पनीको ४ लाख २९ हजार ५०१ कित्ता सेयर दोस्रो बजारमा ८६ करोड ४३ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भयो ।

हिमालयन डिष्टीलरीको ८३ करोड ७९ लाख, ङ्यादी ग्रुप पावरको ८३ करोड ३५ लाख र नबिल बैङ्कको ६७ करोड मूल्य बराबरको सेयर खरिद बिक्री भयो ।

दोस्रो बजारमा कुनै पनि शेयरको मूल्य नघटेको दिन आइतबार डिबेन्चरको मात्र मूल्य घटेको छ । नेपाल इन्भेस्टमेन्ट बैङ्क डिवेन्चर २०८४, एनआइसी एसिया डिभेन्चर २०८५ र आइसी एफसी डिभेन्चर २०८३ को मूल्य २ प्रतिशत हारहारीले घटेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस