यही संसद्बाट नागरिकता विधेयक पास हुन्छ : सभामुख « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

यही संसद्बाट नागरिकता विधेयक पास हुन्छ : सभामुख


१२ असार २०७९, आइतबार


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले यही संसद्बाट नै नागरिकता विधेयक पास गर्ने तयारी भइरहेको बताएका छन् ।

आइतबार काठमाडौँमा संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय समिति अभ्यास’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

कार्यक्रममा उनले नागरिकता विधेयकको विषयमा प्रधानमन्त्री र प्रमुख राजनीतिक दलसँग निरन्तर छलफल भइरहेको पनि जानकारी दिए ।

नागरिकता विधेयक संसद्बाट पास हुन नसक्दा युवाहरूले सुनौलो अवसर गुमाइरहेको पनि उनले बताए । उनले युवाहरूलाई नागरिकता दिन नसक्दा देशलाई ठुलो क्षति भएको र नागरिकता नपाएकालाई अन्याय भएको बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस