एसपीपी सम्झौता केपी ओलीकै पालामा भएको माधव नेपालको दाबी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एसपीपी सम्झौता केपी ओलीकै पालामा भएको माधव नेपालको दाबी


१२ असार २०७९, आइतबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता केपी ओलीकै पालामा भएको दाबी गरेका छन् ।

अखिल नेपाल महिला संघ समाजवादीको कार्यक्रमलाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै नेपालले ओली आफैँले गरेको सम्झौता अहिले थाहा छैन भनेर झुटो बोलेको बताए । उनले भने, ‘केपी ओलीकै पालामा एसपीपी सम्झौता भयो, तर अहिले थाहा नै भएन भन्नुहुन्छ । कि चिन्तनमा कमजोरी कि काम गर्ने गलत छ, यसमा सुधार गर्नु होला ।’

२०७४ मा पहिलो पार्टी रहेको एमाले अहिले काँग्रेसभन्दा पछाडि पुगेको उल्लेख गर्दै नेपालले ओलीको कमजोरी औँल्याए । ओलीको कमजोरीले पार्टी कमजोर बनेको, तर उनले आफ्नो गल्ती लुकाउन अरुलाई दोषी देखाउने गरेको नेपालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस