ललितपुरका सडकमा आजदेखि पानीपुरी बेच्न नपाइने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ललितपुरका सडकमा आजदेखि पानीपुरी बेच्न नपाइने


१२ असार २०७९, आइतबार


काठमाडौँ । आज (आइतबार) देखि ललितपुर महानगरपालिकामा पानीपुरी बेच्न नपाइने भएको छ ।

महानगरले हैजा फैलिने उच्च जोखिमलाई मध्यनजर गर्दै महानगरभित्रका सडकमा पानीपुरी बेच्न रोक रोक लगाएको हो ।

महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले पानीपुरी बेच्न नपाइने गरी माइकिङ सुरु गरिएको बताए ।

‘पछिल्लो समय उपत्यकामा फैलिरहेको हैजालाई मध्यनजर गर्दै पानीपुरी बेच्न रोक लगाइएको हो । कडाइका साथ महानगर अनुगमनमा जुटेको छ,’ हाछेथुले भने ।

महानगरका अनुसार होटल रेस्टुरेन्टहरूमा भएको पानी सफा भए नभएअनुसार बेचबिखन गर्ने दिइनेछ ।

हाछेथुका अनुसार बाहिर सडकमा राखिएको पानीपुरीको पानी अत्यधिक फोहोर भएकाले बेच्न नदिने भनिएको हो ।

सडकमा ठेलागाडा, फुटपाथमा राखिएको पानीपुरी अत्यधिक दूषित हुँदा हैजा फैलिएको खबर आफूहरूलाई प्राप्त भएको हाछेथुले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस