मन्त्रीको राजीनामा मेरो गोजीमा छ, नयाँ मन्त्रिहरुको आजै शपथ हुन सक्छ : अध्यक्ष नेपाल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मन्त्रीको राजीनामा मेरो गोजीमा छ, नयाँ मन्त्रिहरुको आजै शपथ हुन सक्छ : अध्यक्ष नेपाल


१२ असार २०७९, आइतबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आजै नयाँ मन्त्रीहरुको शपथ हुन सक्ने बताएका छन् ।

अखिल नेपाल महिला सङ्घ (समाजवादी)ले राजधानीमा आज (आइतबार) आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीका तर्फबाट सरकारमा पठाइएका मन्त्रीहरुको आजै शपथ हुन सक्ने बताएका हुन् ।

पार्टीले निर्णय गरेर पठाएको नाम फेरबदल नहुनेतर्फ सङ्केत गर्दै नेकपा एसका अध्यक्ष नेपालले भने, ‘छिट्टै नयाँ मन्त्रीहरुको शपथ हुन्छ । आजै हुने पनि सम्भावना छ ।’ अध्यक्ष नेपालले मन्त्री फेर्ने आफ्नो पार्टीले गरेको निर्णय छिटो कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन् ।

नेपालले भने, ‘बाहिर चलेका कुरा नसुन्नुहोस्। इमान्दार कार्यकर्ताले पार्टीको निर्णय मान्छ । पार्टीको निर्णय अक्षरशः कार्यान्वयन हुनेमा ढुक्क हुनुहोस् ।’

अध्यक्ष नेपालले आफ्ना केही मन्त्रीले पदबाट राजीनामा दिएको र उक्त राजीनामा पत्र आफ्नो खल्तीमा रहेको बताए । तर अध्यक्ष नेपालले राजीनामा दिएका मन्त्रीहरुको बारेमा केही बताउन चाहेनन् ।

अध्यक्ष नेपालले भने, ‘केही मन्त्रीहरुको राजीनामा मेरो गोजीमा छ, सरकारले आफ्नो पार्टीको निर्णय कार्यान्वयन गरेसँगै राजीनामा दिने मन्त्रीको नाम सार्वजनिक गर्छु।’ मन्त्री फेर्ने विषयलाई लिएर नेकपा एसभित्रको विवाद यतिबेला उत्कर्षमा पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस