२० लाख भोट पाउन सक्ने रहेछौँ : अध्यक्ष नेपाल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२० लाख भोट पाउन सक्ने रहेछौँ : अध्यक्ष नेपाल


१२ असार २०७९, आइतबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा आफूहरूले आँकलन गरेअनुसारको मत ल्याउन नसकेको बताएका छन् ।

अखिल नेपाल महिला सङ्घको कार्यक्रममा अध्यक्ष नेपालले आफूहरूसँग २० लाख भोट रहेको बताए ।

‘अहिलेको निर्वाचनमा हामीले २८ प्रतिशत सिटमा मात्रै उम्मेदवारी दिएका थियौँ । २८ प्रतिशत उम्मेदवारी दिएका ठाउँबाट हामीले ९ लाख २७ हजार मत पाएका छौँ,’ उनले भने, ‘कम्तिमा पनि यसको दोब्बर २० लाख भोट पाउन सक्ने रहेछौँ । जबकि, सबै ठाउँमा सङ्गठन पुर्‍याउन सकेका छैनौँ ।’ मत बदर भएका कारण आफूहरूले तुलसीपुर, इटहरी र काठमाडौँको उपमेयरमा हारेको बताए ।

उनले गठबन्धन दलका घटकहरूले शक्तिको अवमूल्यन गरेको आरोप लगाए । गठबन्धनबाट अपमान गरेको पनि बताए ।

गठबन्धनका नेताहरूले बेवास्ता भएको स्वीकार गरेको समेत उनको भनाइ छ ।

उनले चुनावमा आफूहरूबाट पनि कमजोरी भएको बताउँदै अबको निर्वाचनमा गठबन्धन भएन भने पनि सबै ठाउँमा उम्मेदवार बन्ने गरी तयारी गर्नुपर्ने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस