भारतीय राजदूत श्रीवास्तव आइपुगे काठमाडौँ « प्रशासन
Logo २४ श्रावण २०७९, मंगलबार
   

भारतीय राजदूत श्रीवास्तव आइपुगे काठमाडौँ


११ असार २०७९, शनिबार


काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौँ आइपुगेका छन् ।

उनी शनिबार अपराह्न काठमाडौँ ओर्लिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाएपछि उनले औपचारिक रुपमा कार्यभार सम्हाल्ने छन् ।

उनले विनयमोहन क्वात्राको स्थान लिनेछन् । पूर्व राजदूत क्वात्रा हाल भारतको विदेश सचिव छन् ।

नयाँ राजदूत श्रीवास्तव भारतीय विदेश सेवामा सन् १९९३ मा प्रवेश गरेका श्रीवास्तव चीनको संघाइमा महावाणिज्यदूत र कम्बोडियाका लागि राजदूत भइसकेका छन् ।

यसअघि श्रीवास्तव भारतको विदेश मन्त्रालयको पूर्वी एशिया डिभिजनको प्रमुखका रूपमा कार्यरत थिए । उनी चीन मामिलाका जानकारका रूपमा मानिन्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस