ललितपुर महानगरमा पनि कल सेन्टर सञ्चालन गरिने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ललितपुर महानगरमा पनि कल सेन्टर सञ्चालन गरिने


१० असार २०७९, शुक्रबार


काठमाडौँ । ललितपुर महानगरपालिकाले पनि कल सेन्टर सञ्चालन गर्ने भएको छ ।

आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै महानगरका मेयर चिरिबाबु महर्जनले कल सेन्टर सञ्चालन गरिने बताए ।

महानगरवासीले सजिलैसँग गुनासो र आफ्नो समस्या राख्न पाउने गरी कल सेन्टर सञ्चालनमा ल्याइने जनाइएको छ ।

महानगरको नीति तथा कार्यक्रममै समावेश गरेर कार्यान्वयनमा ल्याउन लागिएको महानगरले जनाएको थियो ।

यसअघि काठमाडौं महानगरले कल सेन्टर सञ्चालनमा ल्याइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस