त्रिभुवन विमानस्थलबाट १०० ग्राम सुन बरामद « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

त्रिभुवन विमानस्थलबाट १०० ग्राम सुन बरामद


प्रशासन संवाददाता

१० असार २०७९, शुक्रबार


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०० ग्राम सुन बरामद भएको छ ।

आज (शुक्रबार) सलाम एयरवेजको उडान नं. ४२७ मार्फत ओमनबाट आएका एक यात्रुको साथबाट उक्त सुन बरामद भएको हो ।

सुन बरामद भएपछि सिराहाका निरञ्जन कुमार सिंहलाई भन्सार कार्यालयले शुक्रबार नियन्त्रणमा लिएको हो ।

भन्सार कार्यालयका अनुसार सिंहले सन सिल्क स्याम्पुको झोलमा मिसाएर १०० ग्राम सुन लुकाई ल्याएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस