१३ अङ्कले बढ्यो नेप्से , १ अर्ब १५ करोड रुपैयाँको कारोबार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

१३ अङ्कले बढ्यो नेप्से , १ अर्ब १५ करोड रुपैयाँको कारोबार


१० असार २०७९, शुक्रबार


शेयर बजार

काठमाडौँ । आज (शुक्रबार) सेयर बजारको परिसूचक नेप्से १३.७८ अङ्कले बढेको छ ।

साताको अन्तिम दिन २ घण्टा खुलेको बजारमा १ अर्ब १५ करोड रुपैयाँको कारोबार भयो ।

बैङ्किङ २, विकास बैङ्क ५७, फाइनान्स २४, होटल तथा पर्यटन २६, जलविद्युत् २४, जीवन बीमा १३१, उत्पादन २९, माइक्रोफाइनान्स ३१, निर्जीवन बीमा १२८, अन्य १२ र व्यापार उपसमूह ३ अङ्क बढे ।

कुल ४१ कम्पनीको मूल्य घट्दा १५० को बढ्यो भने ३ को स्थिर रह्यो । यस दिन न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । सीवाईसी नेपाल लघुवित्तको मूल्य ८ प्रतिशत बढ्यो ।

हिजोसम्म १० प्रतिशत मूल्य बढेको आाधीखोला लघुवित्तको मूल्य आज भने ७.८ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा कुमारी बैङ्क, ङादी ग्रुप पावर, लक्ष्मी बैङ्क, हिमालयन डिस्टिलरी र नागरिक लगानी कोष क्रमश: अगाडि रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस