एसीसी महिला टी-ट्वान्टी : जितका लागी युएईद्वारा नेपाललाई ८२ रनको लक्ष्य « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एसीसी महिला टी-ट्वान्टी : जितका लागी युएईद्वारा नेपाललाई ८२ रनको लक्ष्य


१० असार २०७९, शुक्रबार


काठमाडौँ । एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा युएईले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य दिएको छ ।

मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले १९ ओभर ४ बलमा अलआउट हुँदै ८१ रन बनायो।

युएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाइन् । इसा रोहितले १५ रन जोड्दा कप्तान छाया मुघलले १४ रन जोडिन् ।

यस्तै खुसी शर्मा १२ रनमा आउट भइन् ।

नेपालकी अश्मिना कर्माचार्यले ५ विकेट लिईन् । यस्तै इन्दु वर्माले ३ र सीता रानाले २ विकेट हात पारिन् । आज नेपाल युएईलाई हराउँदै फाइनल पुग्न चाहन्छ । युएई पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ ।

अर्को सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ । फाइनल पुग्ने दुई टोली महिला टी(ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस