बिमितहरूलाई नियमित रुपमा सेवा दिन स्वास्थ्य बिमा बोर्डको आग्रह « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

बिमितहरूलाई नियमित रुपमा सेवा दिन स्वास्थ्य बिमा बोर्डको आग्रह


९ असार २०७९, बिहिबार


काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले बिमा कार्यक्रम स्थगन गरेका सेवा प्रदायक स्वास्थ्य संस्थालाई नियमित रुपमा बिमितहरूलाई सेवा प्रदान गर्न आग्रह गरेको छ ।

केही दिनअघि स्वास्थ्य बिमाबापतको रकम नपाएको र सोको रकम भुक्तानी नभएको भन्दै केही अस्पतालहरूले बीमा कार्यक्रम स्थगन गरेका थिए ।

बिहीबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य बिमा बोर्डले आ.व.२०७८/०७९ मा विगत वर्षका बाँकी रहेका १९ लाख ९ हजार ५७ संख्याका दाबी र चालु आ.व.का दाबी ३३ लाख ७५ हजार ८३७ गरी कूल ५२ लाख ८४ हजार ८९४ संख्याका दाबीहरू परीक्षण गरी ८ अर्ब १३ करोड रुपैयाँ भुक्तानी भएको जनाएको छ । चालु आ.व.को जेठ १५ गतेसम्मको १८ लाख ५३ हजार ९ सय ५३ वटा दाबीलाई प्राथमिकताका साथ परीक्षण गर्ने कार्य भइरहेको बोर्डले जनाएको छ ।

बोर्डका कार्यकारी निर्देशक डा. दामोदार बसौलाले परीक्षण भएका दाबीहरूको भुक्तानी यथाशीघ्र गर्ने कार्यमा बिमा बोर्ड लागिपरेको र आगामी दिनमा कार्यतालिका तयार गरी नियमित भुक्तानी गरिने दाबी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस