न्यायाधीश-वकिल संवादमाथि छानबिन भइरहेको छ : कानुनमन्त्री « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

न्यायाधीश-वकिल संवादमाथि छानबिन भइरहेको छ : कानुनमन्त्री


९ असार २०७९, बिहिबार


काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले घुस लेनदेनको विषयमा जिल्ला अदालत काठमाडौँका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीचको कुराकानीको अडियोबारे छानबिन भइरहेको बताएका छन् ।

न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि घुस लेनदेनबारे कुराकानी भएको अडियो बुधबार सार्वजनिक भएको थियो ।

बिहीबार यसै विषयमा संघीय संसद भवनमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री बन्दीले सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको बताएका हुन् ।

त्यो घटना बाहेक पनि न्यायालय भित्र विकृति र विसंगति रहेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस