२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज रामायण यात्राका लागि भारतीय रेल जनकपुर आउँदै, मुख्यमन्त्रीले स्वागत गर्ने

अ+ अ-

काठमाडौँ । रामायण यात्राका लागि भारतीय रेल आज जनकपुर आउँदैछ।

नयाँ दिल्लीबाट पर्यटक लिएर ‘भारत गौरव पर्यटक रेल’ दिउँसो जनकपुर स्टेसनमा आइपुग्ने छ।

६ सय धार्मिक पर्यटक लिएर दिउँसो साढे १ बजे भारतीय रेल आइपुग्ने मधेस प्रदेशका उद्योग, वन पर्यटन तथा वातावरणमन्त्री शधुधन महतोले जानकारी दिए।

उनका अनुसार पर्यटकलाई स्वागतका लागि मुख्यमन्त्री लालबाबु राउत, मन्त्रीलगायत विशिष्ट व्यक्ति रेल्वे स्टेसन पुग्नेछन्। त्यहाँबाट पर्यटकलाई होटेलसम्म पुर्‍याइनेछ। खाना खाएपछि उनीहरूलाई जानकी मन्दिर दर्शन गराइनेछ।

पर्यटकको सम्मानमा जानकी मन्दिर परिसरमा सांस्कृतिक कार्यक्रम राखिएको छ। उनीहरूलाई साँझ जनकपुरमा दैनिक हुने गङ्गा आरतीमा सहभागी गराइनेछ। भोलि धनुषा धाम दर्शनपछि पर्यटक फर्किने कार्यक्रम रहेको मन्त्री महतोले बताए।

परराष्ट्र मन्त्रालयबाट आएको पत्रअनुसार पर्यटक लक्षित गरी नेपाल भारत सीमा र जनकपुरमा विशेष सुरक्षा अपनाइएको छ।

भारतका रेल र पर्यटन मन्त्रीले मंगलबार साँझ ७ बजे संयुक्त रूपमा नयाँ दिल्लीबाट जनकपुर प्रस्थान गरेका रेल बिदाइ गरेका थिए।

प्रतिक्रिया दिनुहोस