भ्वाइस अफ नेपाल सिजन-४ : ब्लाइन्ड अडिसन सुरु हुँदै, पर्‍यो २० हजार आवेदन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भ्वाइस अफ नेपाल सिजन-४ : ब्लाइन्ड अडिसन सुरु हुँदै, पर्‍यो २० हजार आवेदन


८ असार २०७९, बुधबार


काठमाडौँ। गायन रियालिटी सो द भ्वाइस अफ नेपाल सिजन ४ मा २० हजार जनाले आवेदन दिएका छन् । निर्देशक लक्ष्मण पौडेलका अनुसार देश विदेशबाट प्राप्त यो आवेदन निकै उत्साहजनक हो ।

वैशाखदेखि सुरु भएको आवेदन दिने समय बिहीबार सकिँदैछ । कुल आवेदकमध्येबाट डेढ सय जनालाई ब्लाइन्ड अडिसनमा छनोट गरिने भएको छ ।

डेढ सय जनाबाट पनि ६४ जना प्रतिस्पर्धी छानिनेछन् अनि प्रतियोगिता सुरु हुने गर्ने तयारी छ । आगामी एक महिनामा ब्लाइन्ड अडिसन सुरु हुने निर्देशक पौडेलले जानकारी दिए ।

साउन पहिलो सातादेखि सिजन ४ को प्रसारण सुरु हुने भएको छ । शोका चार जना कोचमध्ये केही हेरफेर गर्ने तयारी छ । द भ्वाइस अफ नेपालका अघिल्ला तीनै सिजन सफल भइसकेका छन् ।

यो गायन रियालिटी सो हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस