आजको मौसम : गण्डकीमा बिहानैबाट वर्षा, दिउँसो देशका धेरै स्थानमा पानी पर्ने सम्भावना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आजको मौसम : गण्डकीमा बिहानैबाट वर्षा, दिउँसो देशका धेरै स्थानमा पानी पर्ने सम्भावना


८ असार २०७९, बुधबार


काठमाडौँ । देशका विभिन्न भागमा आज पनि बिहानैबाट पानी परिरहेको छ । गण्डकी प्रदेशका केही स्थानमा बिहानैदेखि मध्यम वर्षा भइरहेको छ ।

कर्णालीसँगै गण्डकी, मधेस प्रदेश र प्रदेश-१ मा आंशिकदेखि सामान्य बदली रहेको छ ।

आज दिउँसो प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१, वाग्मती प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ । प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेका प्रदेशका पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन, यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस