३७ अङ्कले बढ्यो नेप्से « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

३७ अङ्कले बढ्यो नेप्से


७ असार २०७९, मंगलबार


शेयर बजार

काठमाडौँ । बजेट घोषणायता निरन्तर घटिरहेको सेयर बजार मङ्गलवार फराकिलो अङ्कले बढेको छ ।

३७.४९ अङ्कले बढेको बजारमा कारोबारको चाप राम्रा मानिने कम्पनीमा देखिएको छ । जसले बजारमा राम्रा कम्पनीमा लगानी बढेको कुरालाई सङ्केत गर्छ ।

कुल २३१ कम्पनीको ३७ लाख ६५ हजार ५१६ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकम एक अर्ब २५ करोड ३७ लाख पुगेको छ ।

मङ्गलवार सबै उपसमूह बढेर हरियाली हुँदा १८९ कम्पनीको सेयर मूल्य बढेको नेप्सेले जनाएको छ । कारोबारमा आएका मध्ये आधा दर्जन कम्पनीको सेयर मूल्य सर्किट लेभलमा वृद्धि भएको छ । आँधी खोला र सीवाईसी लघुवित्तको सेयर ९.९९ प्रतिशतले बढ्यो । यस्तै सप्तकोसी विकास बैङ्कको सेयर मूल्य दोस्रो बजामा ९.९८ प्रतिशतले नै बढ्यो ।

मङ्गलवारको दोस्रो बजारमा नबिल बैङ्क ब्यालेन्स फण्ड २ र तेह्र थप पावर कम्पनीको सेयर धेरै घट्ने दुई कम्पनीमा देखिए । धेरै कारोबार हुने प्रमुख कम्पनीमा नेपाल टेलिकम, नबिल बैङ्क, अरुण भ्याली हाइड्रोपावर र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी प्रमुख रहे । ती कम्पनीको सेयर क्रमशः ११ करोड ७२ लाख, ४ करोड ३२ लाख, ३ करोड ४४ लाख र ३ करोड २५ लाख रह्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस