२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५५ वटा जहाज र हेलिकप्टरले अब काठमाडौँमा राती पार्किङ गर्न नपाउने

अ+ अ-

काठमाडौँ । सरकारले विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टरहरूले राती काठमाडौँबाहिर तोकिएको आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने निर्णय गरेको छ।

सरकारले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुयानको चाप बढ्दै गएको र क्षमताले धान्न नसकेकाले काठमाडौँ बाहिरका विमानस्थलमा पार्किङका लागि आधार तोकिदिएको हो।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार विमानस्थलमा १७ वटा आन्तरिक जहाज राख्न सक्ने क्षमता छ। अहिले ३४ वटा जहाज पार्किङ भइरहेका छन्।

उडान सुरक्षालाई व्यवस्थित र सुदृढीकरण गर्न भन्दै आइतबार नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एयरलाइन्स र हेलिकप्टर कम्पनीहरूलाई तोकिएकै आधारबाट अनिवार्य उडान गर्नुपर्ने निर्णय गरेको थियो।

प्राधिकरणका अनुसार हाल ११ वटा हेलिकप्टर कम्पनीका ३० वटा हेलिकप्टरले उडान गरिरहेका छन्। यीमध्ये २० वटा हेलिकप्टर उपत्यकाबाहिरको विमानस्थलमा रात्रिकालीन पार्किङका लागि जानुपर्ने भएको छ।

प्राधिकरणले सबै हेलिकप्टर कम्पनीलाई तोकिएको आधार विमानस्थलमा रात्रिकालीन पार्किङका लागि सोमबार निर्देशन दिइएको छ। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार हेलिकप्टरको हकमा आज मंगलबार र जहाजको हकमा असार १३ गतेबाट यो नियम लागू हुँदैछ।

आइतबारबाट प्रभु हेलिकप्टरका ६ वटै जहाज पोखरा विमानस्थलमा रात्रिकालीन पार्किङका लागि पुग्नुपर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

त्यस्तै श्री एयरलाइन्सका ८ वटा हेलिकेप्टरमध्ये ३ वटा बाहिर बास बस्न पुग्नु पर्नेछ।

नेपालगन्ज विमानस्थलमा सिम्रिक एयरका ५ वटै हेलिकप्टर पार्किङका लागि पुग्नु पर्नेछ।

एयर डाइनेस्टीका दुई वटा, फिस्टेलका दुई वटा हेलिकप्टरले काठमाडौँबाहिर तोकिएको आधारबाट पहिलो उडान गर्नुपर्ने विमानस्थलका प्रवक्ता सिटौलाले जानकारी दिए। उनका अनुसार अल्टिच्यड, हे लिएभरेस्ट, मनाङ, माउन्टेन, कैलाश र मुस्ताङ कम्पनीले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उडान गर्ने गरी आधार तोकिएको छ।

त्यस्तै असार १३ गतेबाट लागू हुने गरी जहाज कम्पनीहरूलाई काठमाडौँ बाहिरका विमानस्थलमा आधार तोकिएको छ। हाल नौ वटा वायुसेवा कम्पनीका ५२ वटा जहाज सञ्चालनमा छन्। यीमध्ये १७ वटा जहाज काठमाडौँकै विमानस्थलमा बस्न पाउने छन्। ३५ वटा जहाज भने काठमाडौँबाहिर पुग्नुपर्ने प्रवक्ता सिटौलाले बताए ।

जसअनुसार बुद्ध एयरका सञ्चालनमा रहेका १६ जहाजमध्ये छ वटा, यतीका पाँचमध्ये तीन वटा, श्री एयरका आठमध्ये छ वटा बाहिर जानु पर्नेछ। त्यस्तै सौर्यका तीनमध्ये दुई वटा, समिटका चारमध्ये तीन वटा, ताराका तीनमध्ये दुई वटा जहाज बाहिर रात्रिकालीन पार्किङका लागि पुग्नु पर्नेछ।

सीता एयरका चारमध्ये तीन वटा, गुणका सातमध्ये पाँच वटा र नेपाल एयरलाइन्सका सञ्चालनमा रहेका दुई वटा ट्विनअटरमध्ये एउटाले उपत्यका बाहिरबाट पहिलो उडान गर्नु पर्नेछ।

एयरलाइन्सहरू काठमाडौँबाहिर चन्द्रगढी, विराटनगर, जनकपुर, भरतपुर, भैरहवा, पोखरा, सिमरा, नेपालगन्ज, धनगढी, रामेछाप र सुर्खेत विमानस्थल पुग्नुपर्ने सिटौलाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस