विदेशी कूटनीतिक नियोगलाई पत्राचार परराष्ट्र मन्त्रालयबाट मात्र गरिने निर्णय « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

विदेशी कूटनीतिक नियोगलाई पत्राचार परराष्ट्र मन्त्रालयबाट मात्र गरिने निर्णय


६ असार २०७९, सोमबार


काठमाडौँ । सरकारले अब विदेशी कूटनीतिक नियोगलाई गरिने सबै पत्राचार परराष्ट्र मन्त्रालयबाट मात्र गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले अब अरु निकायहरुले पत्राचार गर्न नपाउने गरी निर्णय गरेको हो ।

विदेशी कूटनीतिक नियोगलाई लेखिने पत्र परराष्ट्र मन्त्रालयबाट मात्र गरिने पनि बैठकले निर्णय गरेको पनि मन्त्री पौडेलले जानकारी दिए ।

अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सँग सम्बन्धित नेपाली सेनाले अमेरिकी राजदूतावासमा गरेको पत्राचार विवादमा परेपछि सरकारले सबै पत्राचार परराष्ट्र मन्त्रालयबाट मात्र गर्ने निर्णय गरेको हो ।

अन्य सरकारी निकायहरुले पनि आफ्ना सरोकारका विषयमा कूटनीतिक नियोगमा पत्राचार गर्दै आएका थिए । नेपाली सेनाले सन् २०१५ र २०१७ मा सरकारको तर्फबाट भन्दै अमेरकी राजदूतावासमा तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षत्रीको हस्ताक्षरसहितको पत्र पठाएको थियो ।

उक्त पत्रबारे आफूले जानकारी नै नपाएको भन्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पत्राचारबारे जिम्मेवारी लिन अस्वीकार गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस