विदेशमा रहेका नेपालीलाई पनि मतदानको व्यवस्था गर्न सरकारसँग माग « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

विदेशमा रहेका नेपालीलाई पनि मतदानको व्यवस्था गर्न सरकारसँग माग


६ असार २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीहरूले समेत मतदान गर्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा महामन्त्रीद्वय थापा र शर्माले आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीहरूले समेत मतदान गर्न पाउने व्यवस्था गर्न माग गरेका हुन् ।

थापा र शर्माले सोमबार सभापति देउवालाई बालुवाटार पुगेर भेटवार्ता गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस