कोलम्बियाको राष्ट्रपतिमा गुस्ताभो पेट्रो विजयी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोलम्बियाको राष्ट्रपतिमा गुस्ताभो पेट्रो विजयी


६ असार २०७९, सोमबार


बोगोटा । गुस्ताभो पेट्रो आइतबार कोलम्बियाको राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

स्वतन्त्र उम्मेदवार रोडोल्फो हर्नान्डेजलाई दोस्रो चरणको निर्वाचनमा निकै नजिकको दौडमा पराजित भएका छन् । राज्य सञ्चालित राष्ट्रिय नागरिक रजिस्ट्रीले सो किराको जनाकारी गराएको छ ।

कोलम्बिया गठबन्धनका लागि वामपन्थी ऐतिहासिक सम्झौताका उम्मेदवार पेट्रोले ११,२८०,६९४ मत (जुन ५०.४४ प्रतिशत) प्राप्त गरेका छन् । यस्तै हर्नान्डेजले १०,५७९,८०३ मत जुन (४७.३१ प्रतिशत) प्राप्त गरेका छन् । नवनिर्वाचित राष्ट्रपतिले ट्विटरमा भनेका छन्- यो उत्सव को दिन हो ।

पहिलो लोकप्रिय विजयको उत्सव मनाऔँ, पेट्रोले लेखेका छन् । यो विजय भगवानको लागि हो, जनता र यसको इतिहासको लागि हो । आज सडक र चौकको दिन हो । उनले भने ।

६२ वर्षीय पेट्रो राजधानी बोगोटाका सिनेटर र पूर्व मेयर हुन् । उनले अगस्ट ७ गते राष्ट्रपतिको पदभार ग्रहण गर्नेछन् ।

निर्वाचन अधिकारीहरूले यसअघि मतदानको दिनमा मतदान प्रक्रिया सामान्य रूपमा अघि बढेको बताएका थिए तर पछि एक सैनिक र एक चुनावी साक्षीको मृत्यु भएको खबर आएको थियो ।

रक्षामन्त्री डिएगो मोलानोले कोलम्बियाको क्रान्तिकारी सशस्त्र बलको आक्रमणमा एक सैनिकको मृत्यु भएको छ बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस