२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्धनमा भारी मूल्यवृद्धि पछि पनि आयल निगम मासिक ४ अर्ब ७० करोड घाटामा

अ+ अ-

काठमाडौँ । गए राति १२ बजेदेखि इन्धनको मूल्यमा भारी वृद्धि गरेको नेपाल आयल निगमले अझै पनि ठुलो घाटा रहेको जनाएको छ ।

सम्बन्धित समाचार : पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी, पेट्रोल १९९, डिजेल-मट्टितेल १९२

बढेको मूल्यअनुसार पनि निगमले आउँदो एक महिनामा कुल ४ अर्ब ७० करोड नोक्सानी रहने अनुमान गरेको छ । योमध्ये खाना पकाउने एलपी ग्यासबाट सबैभन्दा धेरै २ अर्ब २८ करोड नोक्सानी पर्ने निगमले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ ।

खाना पकाउने ग्यासमा हाल प्रतिसिलिन्डर ७५१ रुपैयाँ नोक्सानी रहेको निगमले जनाएको छ । त्यस्तै अब पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ ५८ पैसा, डिजेलमा १३ रुपैयाँ ९५ पैसा नोक्सानी रहेको निगमको भनाइ छ ।

मट्टितेलमा प्रतिलिटर ४३ रुपैयाँ तथा हवाई इन्धनमा (आन्तरिक) १३ रुपैयाँ ६१ पैसा र बाह्य हवाई इन्धनमा ५६ रुपैयाँ ६७ पैसा नाफा छ । निगमले पेट्रोलियम पदार्थको खपत सकेसम्म कम गर्न पनि आग्रह गरेको छ ।

गए राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २१ रुपैयाँ तथा डिजेल मट्टितेलमा २७ रुपैयाँ बढाएको थियो । हाल पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजेल मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस