पहिरोले बगाउँदा दुई भारतीय नागरिक बेपत्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पहिरोले बगाउँदा दुई भारतीय नागरिक बेपत्ता


६ असार २०७९, सोमबार


बालक बेपत्ता

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ मा पर्ने धानखोलामा पहिरोले बगाउँदा दुई जना भारतीय बेपत्ता भएका छन् ।

प्युठानको स्वर्गद्वारीबाट दर्शन गरी लु२ख २७१६ नम्बरको फोर्सबाट फर्किँदै गर्दा फोर्स गाडीबाट झरेर खोला तर्नेक्रममा पहिरोले बगाएको हो । भारतको सिद्धार्थनगर जिल्ला बस्ने वर्ष १७ का निखिल कौशाल, वर्ष १८ सुरज सोनी बेपत्ता भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने खोलमा भारतीय नागरिक फोर्सबाट झरेर आउँदै गर्दा अचानक आएको पहिरोले बगाएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

हराएको भारतीय नागरिकको खोजी कार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस