२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटनमन्त्री आले दुर्व्यवहार प्रकरण : आचरणविरुद्ध उजुरी, अडिओको ल्याब परीक्षण र कारबाही गर्न माग 

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेमगरको आचरणविरुद्ध सङ्घीय संसद्को ‘आचरण अनुगमन समिति’मा उजुरी परेको छ।

आइतबार अधिवक्ताद्वय किशोर पौडेल, अनुपम भट्टराई र कानुनकी विद्यार्थी रेजिना पौड्यालले उजुरी गरेका हुन्।

उजुरीमा उनको भनिएको अडिओको ल्याब परीक्षण र कारबाहीको माग गरिएको छ।

उजुरीमा डोटीबाट निर्वाचित सांसद आलेले विभिन्न व्यक्तिहरूसँग टेलिफोन तथा प्रत्यक्ष भेटघाटका क्रममा अश्लील शब्द प्रयोग गरेर गाली गरेको भनेर आएका समाचारलाई उजुरीको कारण बनाइएको छ।

उजुरीमा सांस्कृतिक मूल्य मान्यताको जगेर्ना गर्दै संस्कारयूक्त समाज निर्माण गर्ने जिम्मा पाएका मन्त्री आलेले २०७८ फागुन ३ गते सार्वजनिक भएको पहिलो टेलिफोन अडिओमा मुम्बईमा बस्ने एक नेपाली युवालाई अश्लील र अपशब् प्रयोग गरेर गाली गरेको र ०७९ साल असार ३ गते मिडियामा सार्वजनिक ‘सुन्नै नसक्ने’ अडिओमार्फत नागरिक उड्डयन प्राधिकरणका अध्यक्षलाई हातपात गरेको समेत जानकारी आएको भन्दै त्यसलाई खेदजनक भनिएको छ।

‘सांसदको आचार संहिताको विषयमा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१६ को उपनियम (ख) अनुसार प्रतिनिधीसभा सदस्यहरूले समाजमा विद्यमान सार्वजनिक नैतिकता र आचरण अनुकूलको व्यवहार गर्ने उल्लेख छ,’ उजुरीमा भनिएको छ, ‘यस्तै सोही नियमको उपनियम (२) मा आचारसंहिता प्रतिनिधि सभाका पदाधिकारी र सदस्यको सार्वजनिक जीवनको सबै पक्षमा लागू हुने विषय समेत उल्लेख छ।’

यसरी नियमको बर्खिलाप हुनेगरी मन्त्री आलेले अपशब्द प्रयोग गर्दै भएको घटनालाई सामान्य विषय मान्न नमिल्ने उजुरीमा उल्लेख छ।

मन्त्री आलेको त्यो बोली र व्यवहारले नेपालको भाषा र संस्कृतिमाथि ठूलो चोट मात्रै पुर्‍याएको नभई, सामाजिक सुव्यवस्था तथा मर्यादामाथि साधिकार व्यक्तिवाटै निर्लज्ज प्रहार भएको उजुरीमा उल्लेख छ।

पहिलो टेलिफोन अडियो आलेले आफ्नो भएको स्वीकार गरेको विषय उजुरीमा उल्लेख गर्दै दोस्रोको विषयमा हालसम्म कुनै प्रतिक्रिया नआएको भनिएको छ। साथै उजुरीमा सांसदले राष्ट्रको भाषिक अस्तित्वलाई जोगाउँदै देशको सांस्कृतिक विविधतालाई विश्व मञ्चमा पहिचान र प्रदर्शन गर्नुपर्ने उल्लेख छ।

साथै यस्तै घटना दोहोरिरहने र आचारसंहिता विपरीतका कार्य गर्ने सांसदलाई सम्मान गर्दै जाने हो भने आम राजनीतिक दलहरूप्रतिको वितृष्णा अझै बढ्न सक्ने भएकाले उजुरी हालिएको जनाइएको छ। ‘यो अडिओको ल्याब परीक्षण गरी आवश्यक अनुसन्धानबाट कारबाहीका लागि सिफारिस गर्नुहुन अनुरोध गर्दछौँ,’ उजुरीमा भनिएको छ।

यता पर्यटनमन्त्री आलेको यो विवादास्पद अभिव्यक्ति र व्यवहारका विषयमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जवाफ दिन आलटाल गरेका छन्।

प्रतिक्रिया दिनुहोस