काठमाडौँमा भेटिए हैजाका बिरामी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौँमा भेटिए हैजाका बिरामी


५ असार २०७९, आइतबार


काठमाडौँ । काठमाडौँमा हैजाको विरामी भेटिएको पुष्टि भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा २ जेठमा भर्ना भएका दुई जना विरामीमा हैजा रोग पुष्टि भएको हो ।

१८ र २३ वर्षका उनीहरु काठमाडौँ महानगरपालिका-२८ बागजारमा बसोबास गर्दै आएका एउटै परिवारका सदस्य हुन् ।

उनीहरुको टेकुमै उपचार भइरहेको छ । गर्मी तथा वर्षायाममा झाडापखाला, हैजा तथा पानीजज्य रोगहरु फैलिने भएकाले सतर्क रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपील गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस