चीनका लागि प्रस्तावित राजदूत श्रेष्ठको अग्रिमो आइपुग्यो « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

चीनका लागि प्रस्तावित राजदूत श्रेष्ठको अग्रिमो आइपुग्यो


५ असार २०७९, आइतबार


काठमाडौँ । चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठलाई चीन सरकारले अग्रिमो (स्वीकृति) दिएको छ ।

श्रेष्ठलाई संसदीय सुनुवाई समितिले जेठ ३ मा अनुमोदन गरेको थियो ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार श्रेष्ठको अग्रिमो गत साता नै आइपुगेको हो । अब श्रेष्ठलाई नेपालको संविधान अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूतमा नियुक्त गर्ने छिन् । त्यसपछि श्रेष्ठ बेइजिङ प्रस्थान गर्ने छन् ।

कतारका लागि राजदूत नरेन्द्रविक्रम ढकाललाई भने राष्ट्रपतिले दोहाबाट अग्रिमो आएसँगै जेठ २६ नै नियुक्त गरिसकेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस