दुर्गा प्रसाईँले दुबईमा मेडिकल कलेज खोल्ने « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

दुर्गा प्रसाईँले दुबईमा मेडिकल कलेज खोल्ने


५ असार २०७९, आइतबार


काठमाडौँ । मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईँले संयुक्त अरब इमिरेट्स (दुबई) मा मेडिकल कलेज खोल्ने बताएका छन् ।

झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आइतबार आयोजित एक कार्यक्रममा प्रसाईँले दुबईमा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज र २५ सय नर्स पढाउने नर्सिङ कलेज स्थापना गर्ने घोषणा गरेका हुन् ।

उनले भने, ‘मलाई नेपालमा मेडिकल कलेज सञ्चालन गर्न दिएनन् । बिएण्डसी दुबई भनेर म त्यहाँ (दुबई) मेडिकल कलेज खोल्छु । हामीले बिएण्डसी दुबई भनेर एक अर्कामा मेडिकल कलेज खोल्ने समझदारी साटासाट गरेका छौँ।’

नेपाल भ्रमणमा रहेका दुबईका ‘राजकुमार’ शेख मोहम्मद मक्तोउम जुमाला मक्तोउम र आफूबिच यस विषयमा आपसी समझदारी पनि भएको उनको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस