बजेट निर्माणका लागि गाउँपालिकाद्वारा दलीय घोषणापत्र माग « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

बजेट निर्माणका लागि गाउँपालिकाद्वारा दलीय घोषणापत्र माग


५ असार २०७९, आइतबार


काठमाडौँ । खोटाङको जन्तेढुंगा गाउँपालिकाले नयाँ बजेट निर्माणका क्रममा सबै दलसँग घोषणापत्र माग गरेको छ ।

आर्थिक वर्ष २०७९-०८० को बजेट निर्माणका लागि गाउँपालिकाले एमाले, काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, नेकपा एकीकृत समाजवादी र राप्रपालाई पत्राचार गर्दै लिखित सुझावका साथमा गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका बेला जारी गरेको आ-आफ्नो घोषणापत्र उपलब्ध गराउन भनेको हो ।

दलका घोषणापत्रमा उल्लेखित कतिपय प्रतिबद्धता गाउँपालिकाको बजेट निर्माणका क्रममा उपयुक्त र उत्कृष्ट हुनसक्ने भएकाले सुझावका साथमा घोषणा–पत्र माग गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले शुक्रबार पठाएको पत्रमा आगामी ६ असारसम्ममा बजेट निर्माणका क्रममा आवश्यक सुझावका साथमा घोषणा–पत्र उपलब्ध गराउन भनिएको छ ।

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनबाट जन्तेढुंगामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अरुणादेबी राई अध्यक्ष र काँग्रेसका खेमबहादुर खड्का उपाध्यक्षमा चुनिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस