रुपन्देही जिसस प्रमुखमा काँग्रेसका चपाईं निर्वाचित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

रुपन्देही जिसस प्रमुखमा काँग्रेसका चपाईं निर्वाचित


४ असार २०७९, शनिबार


बुटवल । जिल्ला समन्वय समिति रुपन्देहीमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को गठबन्धन विजयी भएको छ ।

जिसस प्रमुखमा नेपाली काँग्रेसका उमाकान्त चपाई २० मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर घर्ती मगरले १२ मत ल्याए ।

३२ मत रहेको जिल्ला समन्वय समितिको निर्वाचनमा उपप्रमुखमा लोसपाका रामकृपाल धोबीले १६ मत पाएर निर्वाचित हुँदा नेकपा एमालेकी पवित्रा देवी श्रेष्ठले १५ मत ल्याइन् ।

यस्तै महिला सदस्यमा नेपाली काँग्रेसकी बिष्णुमाया सुवेदी जयसवाल दलितरअल्पसंख्यकमा काँग्रेसकै राजमन प्रसाद हरिजन, सदस्यमा कांग्रेसकै अब्दुल मोकिम मुसलमान, ऋषिराम बस्याल, लोसपाका मुकेश कुमार पाण्डे, नेकपा माओवादी केन्द्रकी मञ्जु परियार र लोसपाकी बुधनी चमार निर्वाचित भएका निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस