२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इङ्गल्यान्डले विश्व कीर्तिमान बनाएको खेलमा नेदरल्यान्ड्स २३२ रनले पराजित

अ+ अ-

काठमाडौँ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएको खेलमा इङ्गल्यान्डले नेदरल्यान्ड्सलाई २३२ रनले पराजित गरेको छ ।

नेदरल्यान्ड्सको आम्सटेलभीनस्थित भीआरए क्रिकेट मैदानमा शुक्रबार राति टस हारेर ब्याटिङका लागि निम्त्याएको इङल्यान्डले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ४९८ रन बनाएको थियो ।

जुन एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एकै इनिङ्समा बनेको सबैभन्दा ठूलो योगफल हो । यसअघि इङ्गल्यान्डले नै अस्ट्रेलियाविरुद्ध २०१८ जुन १९ मा ४८१ रन बनाएको थियो ।

इङ्गल्यान्डका लागि तीन खेलाडीले शतक बनाए । पाहुना टोलीका फिल साल्टले ९३ बलमा १४ चौका र ३ छक्कासहित १२२ रन बनाए भने डेविड मालनले १०९ बलमा ९ चौका र ३ छक्कासहित १२५ रन बनाए । जोस बटलरले ७० बलमा ७ चौका र १४ छक्का हान्दै अविजित १६२ रन बनाए । कप्तान इयान मोर्गान शून्यमा आउट हुँदा लियाम लिभिङस्टोनले २२ बलमा ६ चौका र ६ छक्कासहित अविजित ६६ रन बनाए ।

नेदरल्यान्ड्सका पिटर सिलारले दुई विकेट लिए भने लोगन भान विक र शन स्नेटरले एक एक विकेट लिए ।

४९९ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सका लागि स्वकट इडवार्ड सबैभन्दा धेरै अविजित ७२ रन बनाए । म्याक्स ओ‘डोउडले ५५ रन बनाए भने बस डी लीडले २८ रन बनाए । कप्तान पिटर सीलारले २५, टम कुपरले २३, मुसा अहमदले २१ र विक्रमाजित सिंहले १३ रन बनाए ।

इङ्गल्यान्डका मोइन अलीले ३ विकेट लिए । डेबिड विले, रीसे टोप्ले र साम कुरानले समान २ विकेट लिए । मालनको नाममा एक विकट लिए ।

यससँगै इङ्गल्यान्डले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस