श्वेतपत्रमार्फत एसपीपी सदाका लागि अस्वीकार गर्न नेता माओवादी श्रेष्ठको माग « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

श्वेतपत्रमार्फत एसपीपी सदाका लागि अस्वीकार गर्न नेता माओवादी श्रेष्ठको माग


४ असार २०७९, शनिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे श्वेतपत्र जारी गर्दै अस्वीकार गर्नुपर्ने बताएका छन् ।

एसपीपी अमेरिकाले भनेजस्तो बिपद जस्ता विषयमा साझेदारी कार्यक्रम नभएर मूलतः रणनीतिक सैन्य साझेदारी भएको सामाजिक सञ्जालमार्फत उनले दाबी गरेका छन् ।

एसपीपीका लागि नेपालको प्रधानसेनापतिले अनुरोध पत्र पठाएको स्पष्ट भएपनि नेपाल सरकारको तर्फबाट पनि सहमति जनाएको हुनसक्ने श्रेष्ठको आशङ्का रहेको छ ।

एसपीपी सम्बन्धी घटनाक्रमको विकासलाई हेर्दा नेपाल सरकार, पार्टी र नेताहरू राष्ट्रिय सार्वभौमिकतासँग जोडिएका विषयहरूमा समेत गम्भीर छैनन् भन्ने पुष्टि भएको श्रेष्ठको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस