Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

रुसी नागरिकले युक्रेन भ्रमण गर्दा भिसा लिनुपर्ने


३ असार २०७९, शुक्रबार


कीभ । युक्रेनले रुसी नागरिकले युक्रेन प्रवेशका लागि प्रवेशाज्ञा (भिसा) लिनुपर्ने बनाएको राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार जानकारी गराएका छन् ।

सन् १९९१ मा युक्रेन तत्कालीन सोभियत संघबाट स्वतन्त्र हुँदा व्यवस्था गरिएको विना भिसा एक देशबाट अर्को देश आउन जान पाउने गरी राखिएको प्रावधानलाई अन्त्य गर्दै प्रवेश अनुमति पत्र लिनुपर्ने बनाएको हो ।

मस्कोले युक्रेनमा आक्रमण सुरु गरेको चार महिना पुगेको छ ।

‘युक्रेनले रुसी सङ्घका नागरिकहरूका लागि भिसा व्यवस्था सुरु गरिरहेको छ,’ जेलेन्स्कीले आफ्नो टेलिग्राम अकाउन्टमार्फत जानकारी गराए । उनले भने, ‘सरकारले सम्भवतः ‘आज’ को निर्णयमा जुलाई १, २०२२ देखि यो व्यवस्था लागू गर्ने प्रावधानलाई औपचारिक रूपमा सार्वजनिक गर्नेछ ।’

जेलेन्स्कीका ‘चिफ अफ स्टाफ’ एन्ड्रीय यर्माकले अनौपचारिकरूपमा फेब्रुअरी २४ देखि नै सुरु भएको यो प्रावधान आफ्नो देशको रक्षात्मक प्रयासलाई बलियो बनाउन राखिएको बताए ।

उनले भने, ‘रुसले सुरु गरेको युद्धको कारण हामीले आफ्नो इलाकामा रुसी नागरिकको प्रवेशमाथिको नियन्त्रणलाई अझ प्रभावकारी बनाउनु आवश्यक छ । सुरक्षा नै प्राथमिकता हो ।’

यी दुई छिमेकीहरूबीच करिब दुई हजार ३०० किलोमिटर लामो दुई देशीय सिमाना छ र उनीहरूबीच विस्तृतरूपमा पारिवारिक, सामाजिक तथा सांस्कृतिकरूपमा सम्बन्धहरू रहँदै आएका छन् ।

पूर्वी युक्रेनमा रुस निकट रहेका पृथकवादी र युक्रेन सरकारबीच सशस्त्र युद्ध भएको र मस्कोले सन् २०१४ मा क्राइमियन प्रायद्वीपलाई आफ्नो नियन्त्रणमा लिएपछि युक्रेनमा जाने रुसीहरूको सङ्ख्यामा तीव्र कमी आएको थियो ।

सन् २०१३ मा एक करोड असी लाख रुसीहरूले युक्रेन भ्रमण गरेका थिए तर त्यसको एक वर्षपछि त्यो सङ्ख्या घटेर २५ लाखमा झरेको युक्रेनका सीमा रक्षकहरूका प्रवक्ता एन्द्रे डेमचेन्कोले एएफपीलाई बताए ।

सन् २०२० र २०२१ सालमा कोभिड महामारीको थालनी हुँदा रुसी यात्रीहरूको संख्या वर्षमा पाँच लाखभन्दा बढी थिएनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस