संरक्षित वन्यजन्तुको छालासहित तीन पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संरक्षित वन्यजन्तुको छालासहित तीन पक्राउ


३ असार २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–१० गोङ्गबुबाट संरक्षित वन्यजन्तु हिउँ चितुवाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ खानियाबास गाउँपालिका–२ झार्लुङका ४८ वर्षीय खार्पा तामाङ, धादिङ गङ्गाजमुना गाउँपालिका–६ आरुबोटेका ३९ वर्षीय सुकबहादुर घले र सोही गाउँपालिका–६ बस्ने ४१ वर्षीय सूर्यबहादुर घले रहेका छन् ।

गोङ्गबु क्षेत्रमा अवैधरुपमा संरक्षित वन्यजन्तुको आखेटोपहार ओसारपसार गरी खरिद बिक्री गर्न लागिएको सूचनाको आधारमा खोजतलासका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

खार्पाले बोकेको झोलाभित्र लुकाई छिपाई बेरेर राखेको अवस्थामा वन्यजन्तुको छाला फेला पारिएको र अनुसन्धानका क्रममा तीनै जना संलग्न रहेको पाइएको छ ।

उनीहरूलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँमा बुझाइएको ब्युरोले आज एक सूचना जारी गरी जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस