सरकारले पैसा नदिएको भन्दै त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा सुविधा स्थगित « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सरकारले पैसा नदिएको भन्दै त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा सुविधा स्थगित


३ असार २०७९, शुक्रबार


काठमाडौँ । त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत दिँदै आएको सुविधा स्थगित गर्ने भएको छ ।

कार्यक्रम अन्तरगत बिमितहरुको उपचार गरे बापतको सरकारले दिनुपर्ने रकम भुक्तानी नभएपछि कार्यक्रम असार १५ गतेबाट गर्ने भएको हो ।

२०७७ मङ्सिर देखि सेवा लिएका बिरामीहरूको उपचार गरेबापत स्वास्थ्य बिमा बोर्डले रकम भुक्तानी नगरेको अस्पतालले जनाएको छ ।

अस्पतालले असार १५ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

शिक्षण अस्पताल स्वास्थ्य बिमा अन्तरगत दैनिक ५ सय बिरामी उपचारका लागि आउने गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस