अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री देउवासँग असार ५ मा छलफल गर्ने « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री देउवासँग असार ५ मा छलफल गर्ने


३ असार २०७९, शुक्रबार


काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकाको भ्रमणबारे बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवालाई असार ५ गते डाकेको छ ।

समिति सभापति पवित्रादेवी निरौलाले अमेरिकाको सैन्य रणनीति स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) र अमेरिकाको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री भ्रमणमा जाने विषयमा जानकारी लिन प्रधानमन्त्रीलाई समितिमा बोलाएको बताइन् ।

उनले प्रधानमन्त्रीको भ्रमणको तालिका र भ्रमणमा गरिने एजेन्डाहरूबारे जानकारी गराउन परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग मागसमेत गरेकी थिइन् ।

जवाफमा मन्त्री खड्काले प्रधानमन्त्रीको अमेरिका भ्रमण प्रारम्भिक चरणमा रहेको र मिति र एजेन्डाबारे छलफल हुन बाँकी रहेको स्पष्ट पारेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस