एमालेको विरोधका बीच राष्ट्रियसभामा विनियोजन विधेयक पेश « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एमालेको विरोधका बीच राष्ट्रियसभामा विनियोजन विधेयक पेश


३ असार २०७९, शुक्रबार


काठमाडौँ । विनियोजन विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय सभामा प्रस्तुत गर्ने क्रममा एमालेका सांसदहरु उठेर विरोध गरेका छन् ।

एमालेका सांसदले अवरुद्ध गरेको बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो ।

करिब आधा घण्टा पश्चात् सुरु भएको दोस्रो बैठकमा मन्त्री शर्माले विनियोजन विधेयक संसदमा पेश गर्ने क्रममा एमाले सांसदहरुले विरोध कायमै राखेका हुन् ।

प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विधेयकमा भाग लिनका लागि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सांसदहरुलाई आग्रह गरेका थिए ।

एमालेका सांसदहरुलाई छलफलका लागि बसेर भाग लिन आग्रह गरेका थिए । विनियोजन विधेयक माथिको छलफलमा भाग लिनका लागि कुनै पनि सांसदले नाम दिएनन् ।

सभाका अध्यक्ष तिमिल्सिनाले विचार गरियोस् भन्ने प्रस्तावलाई सदनमा निर्णयार्थ पेश गरेका थिए । एमालेका सांसदको विराधकै बीचमा विचार गरियोस् भन्ने प्रस्ताव पारित गरिएको थियो ।

विनियोजन विधेयक माथिको विभिन्न शीर्षकमा छलफलका लागि असार ६,७ र ८ गते तोकिएको छ । सम्बन्धित मन्त्रीले जवाफका लागि असार ९ र १० गतेको कार्यसूची बनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस