काँग्रेस, राप्रपालगायतका दलसँग छलफलमा रबी लामिछाने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काँग्रेस, राप्रपालगायतका दलसँग छलफलमा रबी लामिछाने


३ असार २०७९, शुक्रबार


काठमाडौँ । टेलिभिजन प्रस्तोता रबी लामिछानेले पूर्णकालीन राजनीति गर्ने भन्दै ग्यालेक्सी फोर के बाट बिदा लिएका छन् ।

उनले बिहीबार आफू राजनीतिमा प्रवेश गर्न लागेको बताउँदै असार ७ गते काठमाडौँको सभागृहमा भेला गरेर के गर्ने भन्नेबारेमा घोषणा गर्ने बताएका थिए ।

स्रोतले दिएको जानकारीअनुसार लामिछाने संसद्को चुनाव लड्ने तयारीमा छन् । उनी काँग्रेस, राप्रपालगायतका दलसँगको संवादमा रहेको स्रोतले बताएको छ ।

यसलाई पुष्टि गर्दै लामिछाने निकट रहेका पत्रकार दीपक बोहोराले भने, “काँग्रेस, राप्रपालगायतका दलसँग पनि छलफल भइरहेको छ, एमालेका केही नेतासँग पनि छलफल भएको हो । नयाँ दल नै खोल्ने कि भन्नेमा पनि गृहकार्य भइरहेको छ ।”

उनले पनि ७ गते नै यसबारेमा जानकारी गराउने तयारी गरेका छन् । काँग्रेसका केही पदाधिकारी र राप्रपाका प्रमुख नेताहरूसँग लामिछानेले एक चरणको संवाद गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस