‘कुमारी आमा’ निहारिका सिंहको मुद्दाका आरोपित झिकाउन उच्च अदालतको आदेश « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

‘कुमारी आमा’ निहारिका सिंहको मुद्दाका आरोपित झिकाउन उच्च अदालतको आदेश


२ असार २०७९, बिहिबार


जनकपुरधाम । एक सातादेखि काठमाडौँको वसन्तपुरमा अनसन बसिरहेकी महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपूतको मुद्दामा उच्च अदालत जनकपुरले आरोपितलाई झिकाउन आदेश दिएको छ ।

निहारिकाले जिल्ला अदालत धनुषाको फैसलाविरुद्ध उच्च अदालत जनकपुरमा ०७६ आश्विन २६ गते जबरजस्ती करणी मुद्दा दर्ता गराएकी थिइन् ।

सोही मुद्दामा न्यायाधीश गुणराज ढुङ्गेल र रामेश्वर रेग्मीको संयुक्त इजलासले आरोपित क्षिरेश्वरनाथ नगरपालिका ३ महेन्द्रनगरका शिवराज श्रेष्ठलाई झिकाउने आदेश दिएको अदालतका श्रेस्तेदार खड्गराज अधिकारीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस