बेलायतमा मङ्कीपक्सका बिरामीको सङ्ख्या ५०० नाघ्यो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बेलायतमा मङ्कीपक्सका बिरामीको सङ्ख्या ५०० नाघ्यो


२ असार २०७९, बिहिबार


लन्डन । पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार बेलायतमा बुधबारसम्ममा मङ्कीपक्सका बिरामीको सङ्ख्या ५०० नाघेको छ।

युके हेल्थ सेक्युरिटी एजेन्सीले इङ्गल्यान्डमा ५२ मङ्कीपक्सका घटनाहरू दर्ता भएको बताइएको छ ।

स्कटल्यान्डमा एक र वेल्समा एक जना थप सङ्क्रमित सहित बेलायतमा मङ्गलबारसम्म पुष्टि भएका सङ्क्रमित सङ्ख्या ५२४ पुगेको छ।

इङ्गल्यान्डमा ५०४, स्कटल्यान्डमा १३, उत्तरी आयरल्यान्डमा दुई र वेल्समा पाँच जनामा पुष्टि भएको छ ।

नजिकको सम्पर्क र यौन सम्पर्कमा रहेका व्यक्तिहरूमा सङ्क्रमण बढ्दो पाइएको छ ।

समलिङ्गी, उभयलिङ्गी वा अन्य प्रकारले यौन सम्पर्कमा रहेका व्यक्तिहरूमा यस्तो सङ्क्रमण देखिएको युके हेल्थ सेक्युरिटी एजेन्सीले जनाएको छ ।

लन्डन स्कुल अफ हाइजीन एन्ड ट्रपिकल मेडिसिनका सङ्क्रामक रोग महामारी विज्ञानका प्राध्यापक डेभिड हेम्यानले भने कुनै निश्चित समूह वा व्यक्तिहरूलाई लक्षित गरी सङ्क्रमित हुन सक्ने भन्नु गलत हुने बताएका छन् ।

यद्यपि समग्र जोखिम सानो देखिन्छ, सबै जना सतर्क रहनु पर्छ किनकि सार्वजनिक स्वास्थ्य एजेन्सीहरूले यस प्रकोपलाई नियन्त्रण गर्न काम गरिरहेका छन् ।

सङ्क्रमण भएको कसैको नजिकको सम्पर्कमा पर्दा जो कोहीलाई पनि असर गर्ने सम्भावना हुन्छ, हेम्यानले भने।

Tags :
प्रतिक्रिया दिनुहोस