२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवामा विपद् व्यवस्थापनको पूर्व तयारी

अ+ अ-

रसुवा । वर्षायामको बाढी पहिराेले पुर्‍याउन सक्ने असरप्रति पूर्व सावधानी अपनाउँदै हिमाली जिल्ला रसुवामा खोज तथा उद्धारको तयारी गरिएको छ ।

वर्षायाम सुरु भइसकेको र भारी वर्षासँगै ठाडो खोल्छाबाट बेजोडले झर्ने भल एवं नदीमा एक्कासि आउने बाढीको जोखिमले हुनसक्ने जनधनको क्षतिलाई न्यूनीकरण गराउन, खोज एवं उद्धार कार्य प्रभावकारी बनाउन सुरक्षा निकायले आफ्ना अधिकृत एवं जवानलाई अभ्यास गराई पूर्व तयारीका साथ राखेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार विपद् व्यवस्थापन समिति तथा सुरक्षा अङ्गमा केही उद्धार सामग्री मौज्दात रहेको, खोज उद्धारका लागि दक्ष जनशक्ति तयार भइसकेका कारण पर्न सक्ने विपद् प्रतिकार्यमा विगतभन्दा यस वर्ष केही सहज हुनेछ ।

वर्षायाममा हुनसक्ने विपत्तिलाई ध्यानमा राख्दै छिटोभन्दा छिटो खोज उद्धार गरी ज्यु ज्यानको रक्षा गर्न नेपाली सेना विष्णुदल गणको संयोजनमा उक्त गणका अधिकृत तथा जवान एवं सशस्त्र प्रहरी बल २० नम्बर गुल्म तथा रसुवा प्रहरीका गरी ५५ सुरक्षाकर्मीलाई तालिम उपलब्ध गराइएको छ ।

विष्णुदल गणद्वारा गोसाईंकुण्ड गाउँपालिका–६ नागुङ गाउँ नजिक पहिरो स्थलमा गरिएको खोज उद्धारको नमुना अभ्यासले स्थानीय बासिन्दालाई समेत सो कार्यमा सहयोगी भूमिका निर्वाह गर्न गराउन मद्दत पुगेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।

रसुवामा तैनाथ नेपाली सेनाका गणहरूले विगतदेखि बाढी पहिरोको अलावा पवित्र तीर्थ गोसाईंकुण्ड जाँदा लेक लागेर गम्भीर अवस्थामा पुगेका यात्रुलाई समेत छिटो उद्धार गरी पुनः जीवन दिलाउने कार्यमा योगदान पुर्‍याउँदै आएको छ ।