घनश्याम भुसालले नेतृत्वप्रति औँला तेर्साउने समय आएको छैन : नेता थापा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

घनश्याम भुसालले नेतृत्वप्रति औँला तेर्साउने समय आएको छैन : नेता थापा


२ असार २०७९, बिहिबार


रुपन्देही । नेकपा एमालेका नेता सूर्य थापाले घनश्याम भुसालका अभिव्यक्तिहरू एमाले विरोधी तत्त्वलाई खुसी पार्न आएको बताएका छन् ।

थापाले भुसालका धारणा मर्यादा विपरीत अभिव्यक्तिहरू सार्वजनिक गरिरहेको टिप्पणी गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै थापाले नेता भुसालले एमाले स्थायी कमिटी सदस्यको मर्यादाविपरित अभिव्यक्ति सार्वजनिक गरिरहेको तर्क गरेका छन् ।

भुसालले मर्यादा विपरीत सार्वजनिक गरिरहेको अभिव्यक्तिहरू एमाले विरोधी तत्त्वहरूलाई खुसी पार्ने कोटीको रहेको टिप्पणी गरेका छन् ।
उनले भनेका छन्, ‘यो उहाँको आत्म निन्दाको विनाशकारी रवैया र ‘सत्यनाश’को तरिका हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस