१९६६ अङ्कमा झऱ्यो नेप्से , सबै सूचक घटे « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

१९६६ अङ्कमा झऱ्यो नेप्से , सबै सूचक घटे


१ असार २०७९, बुधबार


काठमाडौँ । आज (बुधबार) सेयर बजारको परिसूचक नेप्से १९६६ अङ्कमा झरेको छ । कुल १ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको बजारमा नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २९.८९ अङ्क घटेको हो ।

साढे १२ बजे बजार १९४६ अङ्कसम्म झरेको थियो । त्यसपछि केही सुधार देखिएको हो ।

सबै उपसमूहका सूचक घटेका छन् । बैङ्किङ १७, विकास बैङ्क ५३, फाइनान्स २९, होटल तथा पर्यटन १३, जलविद्युत् ५४, जीवन बीमा १८९, उत्पादन ७७, माइक्रोफाइनान्स ६६, निर्जीवन बीमा १३४ र व्यापार उपसमूह ४१ अङ्क घटे ।

सीवाईसी नेपाल र आँधिखोला लघुवित्तको मूल्य १० प्रतिशत बढेको छ । बलेफी हाइड्रोपावर र लाइफ इन्स्योरेन्स कर्पोरेसनको मूल्य ८ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा नेपाल टेलिकम, हिमालयन डिस्टिलरी, बैङ्क अफ काठमान्डु, एनआईसी एसिया र अरुणभ्याली हाइड्रोपावर क्रमश: अगाडि रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस