जर्मनीमा फेरि बढे कोरोना सङ्क्रमित, दैनिक १ लाख जनामा सङ्क्रमण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जर्मनीमा फेरि बढे कोरोना सङ्क्रमित, दैनिक १ लाख जनामा सङ्क्रमण


१ असार २०७९, बुधबार


बर्लिन । जर्मनीमा फेरि पनि कोरोना भाइरसका सङ्क्रमितहरु बढ्न थालेका छन् । यहाँका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँका अधिकारीहरुले पछिल्ला दिनमा दैनिक करिब एक लाख सङ्क्रमित पाइने गरेको पाइएको बताएका छन् ।

यहाँ मङ्गलबार मात्र १ लाख भन्दा बढी सङ्क्रमित देखिएका छन् । ती सङ्क्रमितहरु गएको अप्रिल महिनादेखि पहिलो पटक यति धेरै सङ्क्रमित देखिएका बताइएको छ ।

जर्मनीको रोबर्ट कोच इन्स्टिच्युटले दिएको जानकारी अनुसार यहाँ पछिल्लो समयमा कोरोना सङ्क्रमित बढेका छन् र मङ्गलबार मात्र १ लाख जना भन्दा बढीमा सो सङ्क्रमण पाइएको छ ।

यहाँ गएको अप्रिल महिनामा ओमिक्रोन भेरियन्ट आएपछि दैनिक करिब १ लाख सङ्क्रमित पुग्ने गरेका थिए । त्यसपछि पछिल्ला केही हप्तामा यहाँ सङ्क्रमितहरु घट्दै गएकामा अहिले दैनिक १ लाख जति पुग्न लागेका बताइएको छ ।

यहाँको सरकारले सार्वजनिक स्थलहरुमा हुने जमघट तथा अन्य कतिपय कार्यहरुमा आगामी दिनमा के कसरी नियन्त्रण गर्ने भन्ने बारेमा छलफल गरिरहेको पनि स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस