राज्यमन्त्री वलीविरुद्ध जाहेरी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राज्यमन्त्री वलीविरुद्ध जाहेरी


३१ जेष्ठ २०७९, मंगलबार


दाङ । तुलसीपुर उपमहानगरपालिका-५ कि मीरा भण्डारीले लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् ।

मंगलबार बिहान राज्यमन्त्री वली आफ्नो घरमा आई आफू र छोरीलाई कुटपिट गरेको भन्दै उनले इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएकी थिइन् ।

मंगलबार बिहान तुलसीपुर नगरपालिका–५ स्थित एकराज बस्नेतको घरमा पुगेकी राज्यमन्त्री वलीले बस्नेतको खोजी गर्दै उनकी पत्नी मीरा भण्डारी र छोरीलाई हातपात गरेको पीडित पक्षको भनाइ छ ।

उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय दाङमा पठाएको थियो । यता, लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई छोड्न भन्दै मुख्यमन्त्री कुलप्रसाद केसीले प्रहरी प्रशासनलाई दबाब दिइरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस