मनिषाले एसीसी महिला टी-२० च्याम्पियनसिप गुमाउने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मनिषाले एसीसी महिला टी-२० च्याम्पियनसिप गुमाउने


३१ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । पहिलो पटक सिनियर टिममा परेकी युवा खेलाडी मनिषा उपाध्यायले मलेसियामा हुने एसीसी महिला टी–२० च्याम्पियनसिप गुमाउने भएकी छन् ।

केही दिनअघि मात्र मलेसियामै आईसी यू–१९ महिला विश्वकप छनोट खेलेर आएकी बायाँ हाते अफ स्पीनर मनिषाले पहिलो पटक सिनियर टिममा अटाएकी थिइन् । तर स्वास्थ्यमा समस्या आएपछि उनले मलेसिया भ्रमण गुमाउने भएकी हुन् ।

मनिषालाई एपेन्डिक्सको समस्या भएकोले सोमबार मनिषालाई अस्पताल लगिएको र आज होटल लिएर आएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । अहिले उनको अवस्थान सामान्य छ ।

मनिषा अस्वस्थ भएपछि अब १४ सदस्यीय नेपाली टोली मात्र मलेसिया जानेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस