कालापानी क्षेत्रमा एक पक्षीय ढंगबाट गरिने निर्णयहरु नेपाललाई मान्य छैन : खड्का « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कालापानी क्षेत्रमा एक पक्षीय ढंगबाट गरिने निर्णयहरु नेपाललाई मान्य छैन : खड्का


३१ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा एक पक्षीय ढंगबाट गरिने निर्णयहरु नेपाललाई मान्य नभएको बताएका छन् ।

कालापानी क्षेत्रमा रहेको भारीय क्याम्प हट्नुपर्ने, नेपालको दार्चुला हुँदै मानसरोवर जाने गरी भारतले बनाएको बाटोको विषयलाई लिएर नेपालमा प्रश्न उठिरहेको छ ।

त्यसलाई रोक्न नेपाल सरकारले कुटनीतिक पहल गर्न नसकेको भनी आलोचना भैरहेका बेला परराष्ट्रमन्त्री नारायण खड्काले कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा एक पक्षीय ढंगबाट गरिने निर्णयहरु नेपाललाई मान्य नभएको बताएका हुन् ।

मन्त्री खड्काले भने, ‘लिपुलेक, लिम्पयाधरा, कालापानी लगायतका सबै भू–भागहरु नेपालको भएको र त्यस क्षेत्रमा र सीमा सम्बन्धी विषयहरुमा आपसी समझादारीबिना एक पक्षीय ढंगबाट गरिने निर्णयहरु नेपाल सरकालाई मान्य छैन् ।’

Tags :
प्रतिक्रिया दिनुहोस