थप १२ जनामा कोरोना संक्रमण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

थप १२ जनामा कोरोना संक्रमण


३१ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४७३ जनाको पीसीआर परीक्षणमा ७ जना र ८६८ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी १२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १६ जना निको भएका छन् भने कसैको पनि मृत्यु भएको छैन । हाल देशभर ९३ जना सक्रिय संक्रमित रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस