गोलाप्रथामा चितवन जिसस प्रमुखमा एमाले विजयी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गोलाप्रथामा चितवन जिसस प्रमुखमा एमाले विजयी


३१ जेष्ठ २०७९, मंगलबार


चितवन । जिल्ला समन्वय समिति (जिसस) चितवनमा गोलाप्रथा हुँदा संयोजकसहित बहुमत सदस्य एमालेले जितेको छ ।

आज (मंगलबार) भएको मतदानमा जिसस संयोजकसहित सदस्य पदहरूमा समान मत आएपछि गोलाप्रथा भएको थियो ।

गोला तान्दा एमालेका नारायणप्रसाद अधिकारी जिसस प्रमुखमा चयन भए । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका पर्णबहादुर राानाभाट थिए ।

जिसस गठनका लागि पालिका प्रमुख र उपप्रमुखले मतदान गर्छन् । सात पालिका रहेको चितवनमा एमाले एक्लैले सात प्रमुख र उपप्रमुख र सत्तारूढ गठबन्धनका दलहरूले पनि प्रमुख उपप्रमुख गरी सात पदमा जित हात पारेको थियो ।

जिसस गठनमा एमाले र नेकपा एकीकृत समाजवादीबीच तालमेलको योजना पनि थियो । फलस्वरूप एमालेले जिसस उपप्रमुखमा उम्मेदवारी नै दिएनन् । जसका कारण समाजवादीले जिसस उपप्रमुख उम्मेदवार बनाएकी कल्पना काफ्ले सापकोटा निर्विरोध भएकी थिइन् ।

त्यसै गरी एक जना महिला सदस्यमा पनि एमालेले उम्मेदवारी दिएन । सदस्यमा उठेकी समाजवादीकी उम्मेदवार पूजा गुरुङले एमालेको समेत गरी १४ मत ल्याइन् । तर समाजवादीका मतदाताले गठबन्धनबाहिर गएर एमालेका कुनै पनि उम्मेदवारलाई मतदान गरेनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस