ओखलढुङ्गामा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

ओखलढुङ्गामा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार


३१ जेष्ठ २०७९, मंगलबार


जबर्जस्ती करणी

ओखलढुङ्गा । ओखलढुङ्गामा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ ।

ती बालिकालाई बलात्कार गरेको आरोपमा तीन जनालाई हिजो (सोमबार) साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिद्धिचरण नगरपालिका–३ बस्ने ३२ वर्षीय केवल भुजेल, ३१ वर्षीय डम्बर भुजेल र सोही नगरपालिका–२ बस्ने ४० वर्षीय पूर्ण प्रसाद फुयाँल रहेका छन् ।

ती बालिकालाई ललाई-फकाई विभिन्न प्रलोभनमा पारी र डर धाक धम्की देखाई गत वैशाख २७ गते उनीहरुले सोही नगरपालिका–११ मा बलात्कार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस